close

सबै चाँगुनारायणवासीले निःशुल्क रगत पाउने

सबै चाँगुनारायणवासीले निःशुल्क रगत पाउने

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको पहिलो कार्यपालिका बैठकले नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने निर्णय गरेको छ ।

नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगरपालिकालाई भ्रष्टचारमुक्त पालिका बनाउने निर्णय गरेको हो । 

त्यस्तै, बैठकले चाँगुनारायण नगरभरीका मतदातालाई धन्यवाद ज्ञापन गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख रमेश बुढाथोकीले पालिका खबरलाई बताए । 

उनले नगरभित्र स्थायी बसोबास गर्ने नागरिकहरुलाई आगामी आर्थिक वर्षबाट लागू हुने गरी स्वास्थ्योपचार गर्दा आवश्यक पर्ने रगत नेपाल रेडक्रस सोसाइटी भक्तपुरबाट निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको जानकारी गराए । 

निःशुल्क रगत उपलब्ध गराउनका लागि कार्यविधि बनाइने उपप्रमुख बुढाथोकीले बताए । रक्तदातालाई प्रोत्साहन प्रदान गर्नका लागि यस अघि प्रतिरक्तदाता ५० रुपैयाँ दिँदै आएकोमा त्यसलाई बढाएर १०० रुपैयाँ बनाइएको पनि उपप्रमुख बुढाथोकीले बताए । 

साथै पहिलो कार्यपालिका बैठकले बिभिन्न ४ वटा समितिसमेत गठन गरेको छ । जसमा राजश्व परामर्श समिति, योजना अनुगमन समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति रहेका छन् । त्यसैगरी सोही बैठकले नगरपालिकाको प्रवक्तामा वडा नं ८ का अध्यक्ष जनक खत्रीलाई चयन गरेको छ ।