close

ललितपुर महानगरभित्र पानीपुरी बेच्न प्रतिबन्ध

ललितपुरवासी पानीपुरी खान अन्यत्र जानुपर्ने

ललितपुर महानगरभित्र पानीपुरी बेच्न प्रतिबन्ध

ललितपुरवासी पानीपुरी खान अन्यत्र जानुपर्ने

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपटे बिक्री वितरण गर्न रोक लगाएको छ । 

पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो । 

'राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले शनिबार गरेको निर्णयअनुसार माइकिङ गरेर हामीले पानी नबेच्न आग्रह गरिरहेका छौं' ललितपुर महानगर प्रहरी बल प्रमुख सीताराम हाथेछुले पालिका खबरलाई बताए । सफा पानी नै उमालेर खानु भनेर चिकित्सकले आग्रह गरिरहेको बताउँदै पानीपुरीबाट हैजा फैलिनसक्ने उच्च जोखिम रहेकाले हैजा नियन्त्रण नभएसम्मका लागि बन्द गरिएको हाथेछुको भनाइ छ । 

काठमाडौं उपत्यकामा हैजाको जोखिम बढेको हुँदा शनिबार बसेको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको बैठकमा स्वास्थ्य मन्त्राालय शनिबार अहिलेसम्मको अवस्था, जोखिम र न्यूनीकरणका विषयमा गर्न सकिने कार्यहरू पेश गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पालिका खबरलाई बताए । 

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र प्रस्तुत गरेको योजना अनुसार स्थानीय तहलाई निर्णय गर्ने अधिकार दिइएको छ । ललितपुर महानरपालिकाले केन्द्रको उक्त निर्णयलाई आधार मानेर पानीपुरी बेच्न प्रतिबन्ध लगाएको महानगर प्रहरी बल प्रमुख हाथेछुको भनाइ छ । 

पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु भेटिएकाले बिक्री वितरणमा रोक लगाउनुपरेको महानगरपालिकाले जनाएको छ । यसअघि काठमाडौंमा ४ जनामा हैजाको जीवाणु देखिएको थियो ।