close

‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन'

‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन'

Trulli
ADVERTISEMENT

झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए। 

उनले यो समस्या भाइरल इन्फेक्सनजस्तो  नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिनुभयो । डा ढकालले रासससँग भने, “छाला रोगको विशषेज्ञ भएर सेवा दिएको १७ वर्ष भयो, प्रत्येक वर्ष यो समस्या देखा पर्छ । विगतमाभन्दा अलि बढी यसपाली देखिएको हो । डरलाग्दो र भयानक रोग भने होइन ।”