close

थप २७ जनामा कोरोना पुष्टि

थप २७ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उल्लेखित संख्या संक्रमित पहिचान भएका हुन् । 

एक हजार ५४६  जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। ८६७ जनाको पिसिआर र ६७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५६९ जना सक्रिय संक्रमित छन्।

२६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।