close

स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा

स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा

Trulli
ADVERTISEMENT

रुपन्देही । सियारी गाउँपालिकास्थित छपिया स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सुरु भएको छ । 

गर्भवती, शिशु तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारले अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको हो । 

अल्ट्रासाउण्ड सञ्चालनका लागि प्रदेश तालिम केन्द्रले सियारी गाउँपालिकालाई छनोट गरी तालिम दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए। मेसिन गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आज एक कार्यक्रमका बीच  सियारी–४ का वडाध्यक्ष श्रीराम यादवलाई प्रदान गरे । 

छपियामा जडान गरिएको उक्त अल्ट्रासाउण्डले पालिकाभित्रका सम्पूर्ण स्वास्थ्य संस्थामा घुम्ती सेवाका रुपमा सेवा प्रदान गर्ने स्वास्थ्य निरीक्षक ललिता पुनले जानकारी दिए । 

सियारीमा पाँच वटा स्वास्थ्यचौकी, दुई वटा आधारभूत स्वास्थ्य चौकी, एउटा सामुदायिक स्वास्थ्य केन्द्र र एउटा आयुर्वेदिक स्वास्थ्य संस्था छन् ।