close

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गर्दै विहादी

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गर्दै विहादी

Trulli
ADVERTISEMENT

पर्वत। विहादी गाउँपालिकाले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

जसअन्तर्गत चालु आर्थिक वर्ष २०७९/०८० मा हात्तीपाईले रोग विरुद्धको आम औषधी खुवाउने कार्यक्रम रहेको पालिकाले एक सुचना जारी गर्दै जनाएको छ। फागुन ११ गतेदेखि १७ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुने छ।

घरमा आउने स्वास्थ्य स्वयमसेविका तथा चिकित्सकको रहोवरमा औषधी सेवन गर्न पालिकाले स्थानियवासीलाई अनुरोध गरेको छ ।