close

गन्यापधुराले मनायो विश्व क्षयरोग दिवस

गन्यापधुराले मनायो विश्व क्षयरोग दिवस

Trulli
ADVERTISEMENT

डडेल्धुरा । गन्यापधुरा गाउँपालिकाले  विश्व क्षयरोग दिवस २०७९ मनाएको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी शुक्रबार सो दिवस मनाएको हो । 

नेपाल सरकारको लक्ष्य अनुसार ५ वर्षको अन्तरालमा क्षयरोग मुक्त पालिका घोषणा गर्ने प्रतिवद्धतासहित मनाएको गाउँपालिकाले जनाएको छ ।  

दिवसको अवसरमा प्रत्येक वडामा गरिएको मास स्क्रीनिङ अन्तर्गत २४२ जनामा गरिएको खकार परिक्षण गरिएको थियो । सो परिक्षणबाट कुनैपनि व्यक्तिमा क्षयरोग सम्वन्धी कुनै  लक्षण नदेखिएको गाउँपालिकाले जनाएको छ ।