close

एक कल गरी आमा बचाऔं

Trulli
ADVERTISEMENT

कैलाली –  धनगढी उपमहानगरपालिकाले गोवन्दी कुँवरलाई निःशुल्क अस्पताल पुर्याएको छ । उपमाहानगरपालिकाद्धारा सञ्चालित ‘आमा बचाउ अभियान’अन्तर्गत उनलाई सेती प्रादेशिक अस्पतालमा पुर्याएको हो । 

उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफ्नाे सामाजिक सञ्जालमार्फत  वडा नम्बर १२ कम्पनी टोलकी कुँवरलाई मंगलबार राति ११ बजे अस्पतालमा लगेको जानकारी दिएका छन् । उपमहानगरपालिकाले केही समयदेखि सञ्चालनमा ल्याएको सो अभियानबाट सुत्केरी महिलालाई निःशुल्क अस्पतालमा पुर्याउँदै आएको छ । 

सो अभियानमार्फत बुधबारसम्म २१ जना महिलाले सेवा लिइसकेका उपमहानगरपालिकाले जनाएको छ ।