close

दुई जना कर्मचारीकाे भरमा निजगढ नगर अस्पताल

दुई जना कर्मचारीकाे भरमा निजगढ नगर अस्पताल

Trulli
ADVERTISEMENT

बारा - निजगढ नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएको साढे २ वर्ष वित्दा पनि दुई जना कर्मचारीको भरमा सेवा सञ्चालन हुँदै आएको छ । ०७७ मंसिर १५ गतेदेखि सञ्चालित नगर अस्पतालमा एक जना मेडिकल असिस्टेन्ट र नर्सको भरमा सेवा सञ्चालन हुदै आएको हो । 

नगरपालिकाको वडा नम्बर ९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा १५ शैयाको नगरअस्पताल सञ्चालनमा आएको थियो । कर्मचारीको व्यवस्थापन नभएपनि आवश्यक सेवाहरु विस्तार भइरहेको नगरपालिकाले जनाएको छ । 

चालू आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालको लागि आवश्यक कर्मचारी व्यवस्थापन गर्ने लक्ष्य लिए पनि बजेट विनियोजन नभएको नगरपालिकाको जनस्वास्थ्य अधिकृत रमेश लामाले बताए । पालिकाको आन्तरिक आयस्रोत कमी भएकाले सो कार्यक्रमको लागि पालिकाले चालू आवमा आवश्यक बजेट विनियोजन गर्न नसकेको उनले पालिकाखबरलाई जानकारी दिए । 

कर्मचारीको व्यवस्थापन नभएपनि अस्पतालले २४ सै घण्टा सेवा सञ्चालन गर्दै आएको उनले बताए । उनका अनुसार अस्पतालमा एक जना मेडिकल असिस्टेन्ट र एक जना नर्स कार्यरत रहेका छन् । 

अस्पताललाई थप सुधार गर्नको लागि भवन निर्माण भइरहेको उनले सुनाए । अस्पतालबाट सामान्य तथा आकस्मिक सेवा, बर्थिङ सेन्टर, एक्सरे, आधुनिक ल्याब तथा रेविजविरुद्धको खोपलगायतका सेवाहरु सञ्चालन हुँदै आएको छ ।