close

नगरप्रमुख प्रजापतिकाे ध्यानाकर्षण - १० करोड ३८ लाखभन्दा बढी बीमा रकम भुक्तानी गर्नू

नगरप्रमुख प्रजापतिकाे ध्यानाकर्षण - १० करोड ३८ लाखभन्दा बढी बीमा रकम भुक्तानी गर्नू

Trulli
ADVERTISEMENT

भक्तपुर -  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  बीमाकाे १० करोड ३८ लाख भन्दा बढी रकम रकमकाे सोधभर्ना गर्न स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच भएको सम्झौताअनुसार बीमा आबद्ध सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको  रकम चाँडै दिन ध्यानाकर्षण गरेका हुन् । 

उनले  अस्पतालाई आर्थिक समस्या परिरहेको स्पष्ट पारे ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाको आयोजनामा भएको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रममार्फत विद्यार्थीहरुको मानसिक स्वास्थ्य प्रवद्र्धनबारे एकदिने कार्यशाला गोष्ठीमा बोल्दै उनले मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा सामुदायिक विद्यालयको प्रतिनिधित्व नभएकोतर्फ प्रश्न उठाउँदै गरिबका छोराछोरीहरु पढ्ने विद्यालयको लागि विद्यालय नर्स आवश्यक भएको बताए ।

 हाल भक्तपुरका ५ वटा सामुदायिक विद्यालयहरुमा विद्यालय नर्सिङ सेवा प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताउँदै विद्यार्थी संख्या अनुसारको विद्यालय नर्स राख्ने निश्चित मापदण्ड भएको भए यो कार्यक्रम अझ प्रभावकारी हुने उनले बताए ।

 विद्यालय नर्सहरुलाई समयसापेक्ष सेवा सुविधा, तालिम, नर्सहरुको जागिरको स्थायित्वको सुनिश्चितता आदिबारे स्वास्थ्य मन्त्रालयले आवश्यक पहल गर्नु जरुरी रहेकाे उनकाे भनाइ छ ।