close

गाउँमै बन्यो १५ शय्याको अस्पताल, उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य

गाउँमै बन्यो १५ शय्याको अस्पताल, उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य

Trulli
ADVERTISEMENT

सर्लाही- कौडेना गाउँपालिकामा नगर सामुदायिक अस्पताल सञ्चालन भएसँगै स्थानीय बासिन्दाको उपचारको लागि सहज भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीयले पालिकाबाटै सेवा पाउन थालेका हुन् । 

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक रामविशवास राय यादवका अनुसार गाउँपालिकाले गत आर्थिक वर्षदेखि १५ शय्याको सामुदायिक अस्पताल सञ्चालनमा ल्याएको हो । सरकारले नगर अस्पतालको लागि बजेट नदिएपछि पालिकाले आफ्नै लगानीमा अस्पताल सञ्चालनमा ल्याएको उनले पालिकाखबरलाई बताए । 

अस्पताल सञ्चालनमा आएसँगै सामान्य उपचारको लागि छिमेकी पालिकामा जानुपर्ने बाध्यता अन्त्य भएको उनले सुनाए । उनका अनुसार अस्पतालमा ल्याब, ओपिडी, जेनेरल सेवा, आकस्मिक सेवा, प्रसूतिलगायतको विभिन्न सेवा सञ्चालनमा ल्याएको उनले बताए । गर्भवती महिलाको लागि अस्पताल आउन र जानको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उनले सुनाए । 

स्थानीय बासिन्दाको लागि उपचारमा छुट तथा औषधि निःशुल्क वितरण गरिएको उनले बताए । गाउँपालिकाको वडा नम्बर २ मा सञ्चालित अस्पतालमा ५० जना कर्मचारीको व्यवस्थापन भएको उनले जनाए ।