close

६ सय संथालको निःशुल्क स्वास्थ्य बीमा

६ सय संथालको निःशुल्क स्वास्थ्य बीमा

Trulli
ADVERTISEMENT

झापा– गत आर्थिक वर्षदेखि भद्रपुर नगरपालिकाले ‘नगरप्रमुखसँ संथाल’ कार्यक्रम ल्याएको छ । कार्यक्रममार्फत नगरपालिकाले आदिवासी संथाल जातीको निःशुल्क स्वास्थ्य गरेको हो । 

नगरपालिकामा रहेका ६०० जना भन्दा धेरै संथाल बासिन्दाको निशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख शान्तिराम भट्टराईले बताए । उनका अनुसार स्वास्थ्य सम्बन्धी ‘उपप्रमुखसँग आमा’ कार्यक्रम समेत सञ्चालन गरिएको छ । कार्यक्रममार्फत सुत्केरी आमालाई निःशुल्क पोषण सामाग्री झुल आदि उलब्ध गराइएको र गर्भावस्थामा ४ पटक गर्भजाँच गराइने उनले पालिकाखबरलाई बताए । 

सुत्केरीलाई अस्पतालमा सुत्केरी गराए बापत नेपाल सरकाले दिने रकममा नगरपालिकाले २ हजार रुपैयाँ थप गरेर समेत दिने गरेको उनले बताए । यस्तै, नगरपालिकाले पालिकाबासीलाई नि:शुल्क रगतसमेत उपलब्ध गराउने गरेको छ । रेडक्रस नेपालसँगको साँझेदारीमा स्थानीयलाई आवश्यक परेको बेलामा निःशुल्क रगत उपलब्ध गराइएको उनले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिहरुलाई नगरप्रमुखको सहायता कार्यक्रम सञ्चालन गरेर  नगरपालिकाले अपाङ्गता सहायता सामाग्री वितरण तथा अपाङ्गता न्युनिकरणको लागि काम गरेको उनले बताए । चालु आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले १ करोड २५ लाख रुपैयाँ बराबरको बजेट छुट्याएर स्वास्थ्य सेवाको लागि काम गरिरहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।