close

एम्बुलेन्स खरिद गर्दै कञ्चन सरकार

एम्बुलेन्स खरिद गर्दै कञ्चन सरकार

Trulli
ADVERTISEMENT

रुपन्देही - कञ्चन गाउँपालिकाले चालु आर्थिक वर्षमा पालिका एम्बुलेन्स खरिद गर्ने भएको छ । एम्बुलेन्स खरिद गर्नका  लागि गाउँपालिकाले चालु आवमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक रामप्रसाद गौतमका अनुसार पालिकाले गत आर्थिक वर्षमै एम्बुलेन्स खरिद गर्ने योजना बनाएता पनि चालु आवमा मात्रै खरिद गर्न लागेको हो । सोका लागि आवश्यक प्रकृया पुरा गरिसकेको उनले पालिकाखबरलाई बताए । 

एम्बुलेन्स सञ्चालनमा आएसँगै गर्भवती तथा सुत्केरी महिलालाई वर्थिङ सेन्टर तथा रिफर गरिएको स्वास्थ्य संस्थामा लैजानको लागि निःशुल्क सुविधा दिने उनले बताए । उनका अनुसार गाउँपालिकाले यसअघि संघ संस्थासँग साझेदारी गरी एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । कोरोना महामारीको समयमा एम्बुलेन्स हायर गरी स्थानीयलाई सेवा दिएको उनले बताए । 

गाउँपालिकाले स्वास्थ्य शाखाको लागि चालु आवमा ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकम सुत्केरी पोषण कार्यक्रम, स्वास्थ्य संस्थालाई मसलन्द खरिद, ल्याब सञ्चालन, ७० वर्षभन्दा माथीको जेष्ठ नागरिकको घरघरमा गएर उपचार, एचआइभी एड्सका बिरामीलाई सीपमूलक कार्यक्रम सञ्चालन गरिने उनले सुनाए ।