close

घरमै पुगेर स्वास्थ्य परीक्षण गराउँदै निजगढ नगरपालिका

घरमै पुगेर स्वास्थ्य परीक्षण गराउँदै निजगढ नगरपालिका

Trulli
ADVERTISEMENT

बारा- निजगढ नगरपालिकाले बिरामीको घरघरमै पुगेर निःशुल्क उपचार सुरु गरेको छ ।

‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसँग निजगढ नगरपालिका’ कार्यक्रममार्फत नगरपालिकाले बिरामीहरुको घरमै पुगेर सेवा दिन सुरु गरेको हो ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको हो ।

भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको निजगढ नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले बताए । उनका अनुसार नगरपालिका स्वास्थ्यकर्मीहरुले नगरका सबै वडामा घरदैलो गरेर विरामीहरुको पहिचान गरिएको र रक्त चाँप, मधुमेह जस्ता दीर्घरोगीहरुको जाँच समेत गरिएको छ । 

घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइ लगायतका उपचार गरिने बताइएको छ । पालिकाले जाँच गरिएका विरामीलाई निःशुल्क औषधि वितरण गरिने निजगढ नगरपालिकाका नगर प्रमुख सुरज पुरीले बताए ।