close

आफ्नै भवन बनाउँदै पालिका 

आफ्नै भवन बनाउँदै पालिका 

Trulli
ADVERTISEMENT

सिन्धुली– भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएका सिन्धुलीका स्थानीय तहहरूले आफ्नै भवन निर्माण गरिरहेका छन् । दुधौली नगरपालिका, तीनपाटन, सुनकोसी र घ्याङलेख गाउँपालिकाको भवन निर्माणधीन छ । 


तीनपाटन अध्यक्ष कर्णबहादुर थापाले ५ करोड ५३ लाख रुपैयाँको लागतमा भवन बनाइरहेको बताए । ‘जसमा २ करोड १६ लाख राष्ट्रिय योजना आयोगको सहयोग छ । बाँकी रकम गाउँपालिकाको आफ्नै लगानी हो’, उनले भने, ‘अहिले वार्षिक १९ लाख रुपैयाँ भाडाबापत बुझाउँदै आएका छौँ ।’ त्यस्तै, दुधौलीले दुई ठाउँमा प्रशासनिक र विषयगत कार्यालय भवन बनाइरहेको छ । नगरपालिकाको ५ करोड लगानीमा प्रशासनिक र संघीय सरकारको १५ करोड लगानीमा विषयगत भवन निर्माण भइरहेको नगर प्रमुख घनश्याम राउतले बताए । कमलामाई नगरपालिका, मरिण, गोलन्जोर, फिक्कल, हरिहरपुरगढी गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।