close

मानुङकोटमा भ्यूटावर निर्माण

मानुङकोटमा भ्यूटावर निर्माण

Trulli
ADVERTISEMENT

तनहुँ–सामाजिक सञ्जालमा भाइरल बनेको तनहुँको व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण गरिएको  छ ।

 

दमौलीका बासिन्दा चुडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत र यज्ञ खनालको संयुक्त लगानीमा उक्त होटल निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । एक रोपनी जमिन  खरिद गरी करिब  ८५ लाखको लागतमा होटल निर्माण गरिएको होटल सञ्चालक दाहालले जानकारी दिए ।

 

पारिवारिक वातावरणमा बस्न चाहनेका लागि चारवटा एट्याच शौचालयसहितको कोठा तथा स्नानगृह बनाइएकोे र समूहमा आउने कम्तीमा पचास जनासम्मलाई राख्न सक्ने क्षमता रहेको उनले बताए । उक्त होटलमा तालिम तथा गोष्ठीमा  व्यवस्थित तरिकाले राख्न र सेवा प्रवाह गर्न सकिने भएको छ । 

 

जेनतेन बसौँ  भने अहिले पनि आएर बस्न मिल्ने अवस्था भए पनि पूरै निर्माण सम्पन्न भइनसकेको र कम्तीमा हप्ता÷दश दिनभित्रमा पूरा गर्ने योजना रहेको सञ्चालक दाहालले बताए । खानेपानीको चरम समस्या रहेको मानुङकोटमा पानीकै कारण त्यस क्षेत्रका बासिन्दा दमौलीबजार आसपास क्षेत्रमा बसाइँसराइ गरेका थिए ।

 

होटल सञ्चालनसँगै ट्याङ्करबाट पानी ल्याएर व्यवस्थित गरी ग्राहकलाई सेवा प्रवाह गरिने भएको छ । स्थानीय मगर समुदायका मौलिक खाना कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दु्रक र स्थानीयस्तरमा उत्पादित प्राङ्गारिक  तरकारीलाई प्राथमिकता दिइने अर्का सञ्चालक कुमार कञ्चन जिसीले जानकारी दिए ।

 

केही काम निर्माणधीन अवस्थामा रहेकाले निर्माण भएपश्चात मगर समुदायका कला संस्कृति प्रस्तुत गरेर आगन्तुक पर्यटकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको अर्का सञ्चालक प्रेम राउतले बताए ।

 

उक्त होटलमा बसेर पर्यटकले दमौली बजारलगायत मनोरम दृश्य अवलोकन गर्न सक्नेछन् । तनहुँको सदरमुकाम दमौलीबाट करिब आठ किलोमिटर दूरीमा मानुङकोट अवस्थित छ । चापाघाटबाट मानुङकोटसम्मको सडक स्तरोन्नति गर्दै कालोपत्रका लागि व्यास नगरपालिकाले बजेट विनियोजन गरेकाले निर्माण कार्य भइरहेको छ । मानुङकोटमा सार्वजनिक शौचालय र खानेपानीको सुविधा पुर्‍याउन नगरपालिकाले प्राथामिकता दिँदै आएको छ ।