close

गल्याङमा सभागृह निर्माण

गल्याङमा सभागृह निर्माण

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकामा सभागृह (सिटीहल) निर्माण गरिएको छ । गल्याङ –३ स्थित गल्याङबजार नजिक कूल ३ करोड ६६ लाख ३५ हजार ३४३ का लागतमा निर्माण भएको सो सभागृहको क्षमता ३०० जनाको छ । 

 

सहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख इञ्जीनियर झपटबहादुर थापाले बिहीबार गल्याङ नगरप्रमुख भूपराज अधिकारीलाई सो सभागृह भवन हस्तान्तरण गरे । ‘गल्याङ नगरपालिका पछिल्लो समयमा घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधार थिएनन्’, प्रमुख अधिकारीले भने, ‘अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारको निर्माणमा जोड दिइरहेका छौँ ।’