close

पोखरा महानगरको प्रशासनिक भवन शिलान्यास 

पोखरा महानगरको प्रशासनिक भवन शिलान्यास 

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको पोखरा महानगरले नयाँ बजारस्थित दमकल मार्गमा १९ करोड रुपैयाँ लागतमा प्रशासनिक भवन निर्माण गर्ने भएको छ । प्रशासनिक भवनको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार शिलान्यास गरिन् । पोखराको न्युरोडमा रहेको भवन साँघुरो भएका कारण सेवा प्रवाहमा असहज भएपछि नयाँ भवन निर्माण गर्न लागिएको उपप्रमुख गुरुङले बताइन् । पुरानो भवनबाट नागरिकलाई सेवा प्रवाहमा असहज भएकाले व्यवस्थित भवन निर्माणलाई अगाडि बढाइएको जानकारी दिइन् ।


महानगरका सबै शाखा एउटै भवनमा बनाएर एकै ठाउँबाट सेवा प्रवाह गरी नागरिकलाई सहज बनाउन खोजिएको उनको भनाइ छ ।महानगरका वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले १९ करोड ५ लाख ६ हजार ३०५ रुपैयाँ लागतमा सुविधासम्पन्न भवन निर्माण थालिएको जानकारी दिए ।

 

हालको कार्यालय साँघुरो र अव्यवस्थित भएकाले नयाँ भवन शिलान्यास गरिएको हो । भवन निर्माण गर्न भूमिबुद्ध ओम बुद्ध जेभी विराटनगरसँग ठेक्का सम्झौता गरेर काम अगाडि बढाइएको छ । सम्झौताअनुसार ५ तले भवन डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।