close

नगर गौरव बन्दै इलामको सिटी मार्ट

नगर गौरव बन्दै इलामको सिटी मार्ट

Trulli
ADVERTISEMENT

इलाम– २०१५ मा स्थापना भएको नेपालकै पुरानो नगरपालिकामध्ये पर्दछ, इलाम नगरपालिका । नगर पुरानो भए पनि विकासले अपेक्षित गति लिन नसकेको गुनासो गरिरहने नगरवासीका लागि ७४ मा निर्वाचित जनप्रतिधिले आशा मात्र छरेन, विकासको मोडल नै स्थापित गरिदियो । सुरुमा अपत्यारिलो लाग्ने त्यो योजनालाई नगरले आफ्नो प्रतिष्ठासँग जोडर नगर गौरवको रुपमा अगाडि बढायो । र त अहिले इलामबासीको गौरव बनेको छ, सिटी मार्ट । 

 

चियाको उद्गम जिल्ला रहेको इलाम नगरपालिकाका नागरिक चिया बेचेर अत्यावश्यक वस्तु खरिद गर्न झापाका प्रमुख सहर झर्नुपथ्र्याे । नागरिकको यो बाध्यतालाई देखेर नगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ मै नगर गौरवको योजनाका रूपमा सिटी मार्ट निर्माण गर्ने निधो ग¥यो । अहिले वडा नम्बर ७ को नयाँबजारमा नगरपालिका र संघ तथा प्रदेश सरकारको सवा १२ करोेड लागतमा सिटी मार्ट निर्माण भएको छ । ७६ वटा सटरसहित अत्याधुनिक सभा हल रहेको सिटी मार्टमा अहिले नुनदेखि सुनसम्म सबै एकै ठाउँमा पाउँदा इलामबासीमा खुसीको सञ्चार भएको सिटी मार्ट सञ्चालक समिति अध्यक्ष प्रकाश चापागार्ईंको भनाइ छ ।

 

नगर गौरवको योजनाका रूपमा रहेको मार्ट निर्माणका लागि कानुूनी जटिलता हल गर्न सार्वजनिक÷निजी÷साझेदारी लगानी व्यवस्थापन तथा सञ्चालन ऐन, २०७४ लाई संशोधन गरियो । आर्थिक वर्ष ०७५ मा संशोधित सोही ऐनकै कारण पीपीपी मोडल प्रभावकारी बन्यो र तयार भयो, सिटी मार्ट । 


२३ असार ०७५ देखि निर्माण सुरु गरिएको सिटी मार्टमा इलाम नगरपालिकाको लगानी ८ करोड ३६ लाख रुपैयाँ रहेको छ । यस्तै, निजी क्षेत्रको ३ करोड ८ लाख ९१ हजार ४ सय ४० रुपैयाँ छ । प्रदेश सरकारको ४० लाख लगानी रहेको सिटी मार्ट ३० भदौ ०७८ मा निर्माण सम्पन्न भएको हो ।

 

तीन वर्षमै नगरपालिकाले आफ्नो नगर गौरवको योजनालाई पूर्णता दिन सफल भयो । यसरी कुल १२ करोड १९ लाख ५४ हजार रुपैयाँको लागतमा बनेको भवन ठडिएसँगै इलामबासीको शिर पनि ठडिएको छ । नगरपालिकाले निर्माण गरेको सिटी मार्ट पालिकाबासीको गौरव त छँदै छ, योसँगै पालिकाको दिगो आम्दानीको स्रोत पनि बनेको छ । मार्टले प्रतिमहिना ६ लाख ७४ हजार रुपैयाँ आम्दानी गर्न थालिसकेको नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत कालीबहादुर भुजेल बताउँछन् ।


सामान्यतः निजी क्षेत्र प्रतिफल सुनिश्चित नभएका योजनामा आकर्षित हुँदैन । तर, इलाम नगरपालिकाले निजी क्षेत्रलाई मार्टको व्यवसायिक पक्षका बारेमा सुरुदेखि नै गरेको प्रक्षेपणकै कारण उत्साहित बनेको निजीक्षेत्रले अहिले योजना मुतावितकै प्रतिफलको संकेत देखेका कारण आगामी दिनमा पनि पिपिपि मोडल इलाम नगरपालिकामा सफल हुने देखिएको नगरप्रमुख महेश बस्नेतको भनाइ छ ।

 

सिटी मार्टले व्यवसायी र नगरबासी दुवै पक्षलाई उत्साहित बनाएको छ । साढे १० वर्षमा लगानी उठाउने लक्ष्य भए पनि त्यसअघि नै मार्टले नाफा कमाउने संकेत देखाएको छ । यसले नगरको आन्तरिक स्रोत वृद्धिमा योगदान पु¥याउँदै नागरिकलाई करको भार कम गर्न मद्दत गर्नेछ । योसँगै नगरले पिपिपि मोडलमा बनाउने आगामी योजनामा निजी क्षेत्रको उत्साहजनक सहभागिता हुनेमा आशंका गर्नुपर्ने ठाउँ छैन ।