close

पूर्वाधार निर्माण समन्वय समितिको बैठकमा मेयर साहका जिज्ञासै जिज्ञासा (भिडियोसहित)

पूर्वाधार निर्माण समन्वय समितिको बैठकमा मेयर साहका जिज्ञासै जिज्ञासा (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरको पूर्वाधार निर्माण समन्वय समितिको चौथो बैठक सम्पन्न भएको छ । 

बैठकमा महानगरप्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको विकासको सन्दर्भमा विद्युत् प्राधिकरण, यातायात व्यवस्था विभाग, उपत्यका ट्राफिक प्रहरी, काठमाडौं उपत्यका विकास प्राधिकरण, सडक विभा, खानेपानी तथा ढल निकास, केयुकेललगायतसँग महानगरको विकास र व्यवस्थित गर्ने क्रममा जिज्ञासा राखेका थिए ।

बैठकमा उनले उपत्यका प्राधिकरणलगायत प्रतिनिधिसँग टुकुचा नदी भएर केन्द्रित भएर जिज्ञासा राखेका थिए । 

साहका जिज्ञासाका जवाफ दिने क्रममा सडक विभागका निर्देशक अर्जुनजंग थापाले यस वर्ष वर्षा र चाडबाड सँगै आएकाले सडक मर्मतमा समस्या भएको बताए । कोटेश्वर क्षेत्रमा बनेको अनधिकृत घरका कारण दशकौँदेखि सडक निर्माणमा अवरोध खडा गरेको भन्दै महानगरको पहलमा हटेको बताए । महानगरको सहयोगमा सो घर भत्किएसँगै सडक विस्तारमा सहयोग भएको बताए । 

जडीबुटीमुनि पुललगायत पुलमुनि अन्डर पास खोलिसकेकाले अहिले साखुदेखि नै नदी किनारै किनार आवतजावत गर्न सकिने उनले बताए । 

चक्रपथ सुधारको कार्यक्रम अर्को आयोजनाले हेर्ने गरेको र कालोपत्रे तथा मेन्टेन्स सडक डिभिजनले गरिरहेको बताउँदै उनले सानातिना मर्मतले नपुग्ने भएर ओभरली मर्मत गर्ने भनेर कार्यक्रम तय नभएका कारण सो कार्यका लागि बजेट मागको प्रक्रिया अघि बढेको बताए । उनले भने, ‘बजेट आएसँगै टेन्डर प्रक्रिया अघि बढाएर काम सुरु हुन्छ ।’

यस्तै, यातायात व्यवस्था विभागका निर्देशक इश्वरी दत्त पनेरुले बाटोको अवस्था नाजुक रहेको बताए । 

उनले टिकट काटेर मात्रै नहुने बताउँदै यात्रुलाई सेवा दिन असहज भएको भनी यातायात व्यवसायीले गुनासो गर्ने गरेको बताए । सहजीकरणका लागि समन्वयको काम भइरहेको बताउँदै उनले मन्त्रालयलगायत सबैले सहयोग गर्नुपर्ने बताए । 

त्यसैगरी, काठमाडौं विकास प्राधिकरणका प्रतिनिधि तथा योजना शाखाका इन्जिनियर सौरभ ढकालले प्राधिकरणले सौन्दर्य सुधार र चोक सुधार कार्यक्रम तथा अपांगमैत्री फुटपाथ निर्माण गर्ने योजना रहेको बताए । 

उनीसँग मेयर बालेनले अनधिकृत संरचना प्राधिकरणले पनि हटाउने कार्य गरेको बताउँदै अहिले प्रधिकरणले के गरिरहेको छ भनी जिज्ञासा राखेका थिए । 

सोको उत्तर दिँदै ढकालले भने, सडक विस्तारमा घर र जग्गाको क्षतिपूर्ति दिनुपर्ने भएकाले प्राधिकरणसँग स्रोत नभएको र नेपाल सरकारसँग आश्रित हुनुपर्ने भएकाले हामी निष्क्रिय भएको बताए । 

यस्तै, नेपाल विद्युत् प्राधिकरणबाट प्रतिनिधित्व गर्दै बैठकमा सहभागी भएका अधिकारीले तार अन्डरग्राउन्ड गर्ने कार्यक्रमअन्तर्गत काठमाडौंमा तीन वटा योजना रहेको बताए । उनले भने, ‘ एउटा रत्नपार्क, महाराजगञ्ज र कुलेश्वरमा छ । र, अन्य ठाउँ हेर्नका लागि काठमाडौं पश्चिम छ ।’

रत्नपार्क र महाराजगञ्जबाट सुरु गर्दा प्यानलको साइज ठुलो भएर बाटो छेकेको भनी गुनासो आएकाले ऊर्जा मन्त्रालयसँगको सहकार्यमा रिडिजाइन गर्न लगाएको बताउँदै उनले सानो साइजको रिडिजाइन भइरहेको बताए । 

वर्षात्को समय भएकाले धेरै ठाउँमा काम नभइरहेको बताउँदै उनले अहिले वार्ड नम्बर १८ र ३१ मा मात्रै काम भइरहेको बताए । 

यस्तै, नगर प्रमुख साहले बैठकमा फोहोर व्यवस्थापनबारे चासो राखेका थिए ।  यस्तै, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चाडपर्वमा उपत्यकाबाट बाहिरिने यात्रु र   सवारी साधनको सुरक्षाबारे चासो राखेका छन् थिए । 

सोको जवाफमा यातायात व्यवस्थाका निर्देशक पनेरुले सवारी साधनमा दुई जना चालक राख्नुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयनमा समस्या देखिएकाले सो समस्या समाधानका लागि जिल्ला प्रशासनसँग समन्वय गर्ने प्रयास भइरहेको बताए ।