close

ताइवानवस्ती र भेषराज टोलको सडक कालोपत्रे

ताइवानवस्ती र भेषराज टोलको सडक कालोपत्रे

Trulli
ADVERTISEMENT

सर्लाही । हरिवन नगरपालिकाको वडा नम्बर १० स्थित ताइवानबस्तीको सडक कालोपत्रे भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा सो सडक कालोपत्रे भएको हो । 

नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीका अनुसार वडा नम्बर १० स्थित ताइवानवस्ती र भेष राज टोलको सडक कालोपत्रे भएको हो । नगरपालिकाको पहलमा करिब २ किलोमिटर सडक कालोपत्रे भएको उनले पालिकाखबरलाई बताए । 

उनले सो सडक कालोपत्रेको लागि पालिकाले गत वर्ष बजेट विनियोजन गरिएको थियो । तर ठेकेदार कम्पनिले निर्धारित रकममा सडक कालोपत्रे गर्न नसक्ने जनाइएको थियो । पहिलो ठेक्का रद्द गरी दोस्रो कम्पनिसँग ठेकेदारसँग सम्झौता गरी सडक कालोपत्रे गरिएको नगरप्रमुख बुढाथोकीले बताए । 

सडक कालोपत्रे भएसँगै सो क्षेत्रका स्थानीय हर्षित भएको उनले जानकारी दिए । उनी भन्छन्, 'सडक कालोपत्रे भएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको एउटा सपना पुरा भयो l'