close

केपिलासगढी गाउँपालिका र टेम्केमैयुङ गाउँपालिका जोड्ने सडक निर्माण

केपिलासगढी गाउँपालिका र टेम्केमैयुङ गाउँपालिका जोड्ने सडक निर्माण

Trulli
ADVERTISEMENT

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको उदघाटन गरिएको छ । सोमबार एक समारोहमा केपिलासढीका अध्यक्ष समीर राई र उपाध्यक्ष गुरुराज राईको संयुक्त उपस्थितीमा सडकको उदघाटन गरिएको हो । 

 उक्त सडकले केपिलासगढी गाउँपालिका वडा नम्बर १ फेदी र भोजपुरको टेम्के मैयुंङ गाउँपालिका वडा नम्बर १ टिममा जोडिने गाउँपालिकाका अध्यक्ष राईले बताए । उनले सो सडक निर्माण भएसँगै दुई पालिकाबासीलाई आवातजावत गर्नको लागि सहज हुने विश्वास व्यक्त गरे । 

सो सडक निर्माणका लागि गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णकुमार राईको कार्यकालमा बजेट विनियोजन गरिएको थियो ।  फेदीबाट लामाचौरसम्म र भोजपुरतर्फबाट धोद्रेको भालुखोलासम्म सडक बनिसकेको अवस्थामा गाउँपालिकाको आर्थिक वर्ष २०७९र८० को वार्षिक बजेट तथा कार्यक्रम मार्फत रु १० लाख ५० हजार विनियोजन गरेको उनले बताए । 

उपभोक्ता समिति गठन गरी सडक करिब १५  किलोमिटर सडक जोडिएको उनले बताए ।