close

पोखराका स्मार्ट बत्तीको परीक्षण

पोखराका स्मार्ट बत्तीको परीक्षण

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकाको  न्युरोडमा जडान गरिएको स्मार्ट सडक बत्ती परीक्षणका क्रममा बालिएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत महानगरका विभिन्न क्षेत्रहरूमा जडान गरिएका १९ सय बढी स्मार्ट बत्तीहरू मध्ये न्युरोडमा जडान गरिएको बत्ती परीक्षण गरिएको हो ।
 
यस सडकमा निर्माण गरिएको डिभाइडरमा रङ रोगनको काम अन्तिम चरणमा पुगेका र अब केही दिनभित्रै बत्तीहरू नियमित बालिने नगरप्रमुख धनराज आचार्यले बताए । उनका अनुसार सोमबारदेखि डिभाइडरमा एक्सोरा प्रजातिको फुलका बिरुवाहरू रोप्न थालिएको छ ।

महानगरलाई सुरक्षित र २४ सै घण्टा उज्यालो सहरका रूपमा विकास गर्ने गरी नेपाल विद्युत् प्राधिकरणको सहकार्य तथा साझेदारीमा थालिएको स्मार्ट बत्तीहरू जडानको कार्य अन्तिम चरणमा पुगेको छ । सेन्सर सहितका यी बत्तीहरूको कन्ट्रोलिङ भने प्राधिकरणको केन्द्रीय प्रणालीले गर्नेछ ।