close

काठेपुल जिर्ण भएपछि यातायात अवरुद्ध

काठेपुल जिर्ण भएपछि यातायात अवरुद्ध

Trulli
ADVERTISEMENT

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल जिर्ण भएपछि यातायात अवरुद्ध छ । विसं २०७८ असार १ गते आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएपछि यातायात अवरुद्ध भएको हो ।  

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले मोटरेबल पुल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार गरिएको जानकारी दिए । 'अहिलेका लागि यातायात सञ्चालन गर्न आवश्यक छ, काठकै पुल निर्माण गरी यातायात सञ्चानल गर्नुपर्छे', उनले भने । मोटरेबल पुल निर्माणको प्रक्रिया दू्रत गतिमा अघि बढाइएको उनको भनाइ छ । 

    डुम्रे–बँेसीसहर–चामे सडक योजना कार्यालयका अनुसार तनहुँ, लमजुङ र मनाङ गरी तीन जिल्लामा १५ मोटरेबल पुलको ठेक्का दिने तयारी छ । मनाङमा नौवटा मोटरेबल पुल निर्माण हुने योजना कार्यालयका प्रमुख रवीन्द्र दासले जानकारी दिए । ठेकेदारले समयमै काम नगर्दा पुल निर्माणको कामले गति लिन नसकेको उहाँको भनाइ छ । वार्षिक रुपमा विनियोजित बजेट ‘फ्रिज’ हुने गरेको छ । 

    'बजेट फ्रिज हुन नदिन ठेकेदारलाई कडाइ गरिएको छ', दासले भने । मनाङमा मोटरेबल पुल निर्माणको काम समयमा नहुँदा वर्षैपिच्छे काठको पुल निर्माण गर्दा यहाँ राज्यको दोहोरो लगानी हुने गर्दछ । सामान्यतया कम्तीमा एउटा काठको पुल निर्माण गर्दा रु तीन लाखसम्म खर्च हुने गरेको प्रमुख दासले बताए । बर्खामा तत्कालका लागि अस्थायी रुपमा काठको पुल निर्माण गर्ने गरिएको छ ।   'बिस्तारै जिल्लालाई काठेपुलरहित बनाउँदै छौँ', उनले भने ।