close

फेक आइएसओको मारमा उपमहानगरपालिका !

फेक आइएसओको मारमा उपमहानगरपालिका !

Trulli
ADVERTISEMENT

धनगढी- धनगढी उपमहानगरपालिकाले ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस रोडमा जडान गरेको स्मार्ट स्ट्रिट लाइट गुणस्तरहीन भएपछि परीक्षण थालेको छ । 

उपमहानगरपालिकाले वडा कार्यालयबाट खरिद गरी सडक पोलमा जडान गरेकाे स्मार्ट स्ट्रिट लाइट गुणस्तरहीन भन्ने उजुरी परेपछि लाइटको भुक्तानीसमेत रोकिदिएको छ । साथै निर्माण कम्पनीलाई पत्राचार गर्दै आइएसओ प्रमाणित हाल्न आग्रहसमेत गरेको छ । 

उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टका अनुसार उपमहानगरभित्र जडान भएकाे लाइटमा पनि ‘आइएसओ सेर्टिफाइड’ कागज छ । स्थानीयहरूले नै उक्त सामान ‘आइएसओ सेर्टिफाइड’ नभएको र नक्कली कागज भनेर गुनासो गरेपछि गुणस्तर परीक्षण गर्नका लागि सो लाइटको नमूना काठमाडौं पठाएको थियो । हाल चिमको गुणस्तर परीक्षण रिपोर्टको विश्लेषण गरिरहेको इन्जिनियर भट्टले पालिकाखबरलाई बताए । 

वडा कार्यालयबाट खरिद गरिएका चिममा गुणस्तरको विवाद आएपछि धनगढी उपमहानगरले बत्तीको नमूना संकलन गरेर परीक्षण गर्न गत कातिक १७ मा ललितपुरमा रहेको नवीकरणीय उर्जा परीक्षण केन्द्रमा गुणस्तर परीक्षण प्रयोगशालामा पठाएको थियो । 

वडा कार्यालयबाट कोटेसनमा खरिद गरिएका चिमविरुद्ध उजुरी आएपछि उपमहानगरले गुणस्तर परीक्षण गर्ने निर्णय गरेको थियो । सडकमा जडान गरिएको सो लाइटको अन्तिम प्रतिवेदन आएपछि मात्र थप कुरा गर्ने इन्जिनियर भट्टले पालिकाखबरलाई बताए । तर उनले कैफियत हुनसक्ने कुरा भने स्वीकार गरेका छन् ।