close

आपराधिक गतिविधि नियन्त्रणका लागि सिसिटिभी जडान

आपराधिक गतिविधि नियन्त्रणका लागि सिसिटिभी जडान

Trulli
ADVERTISEMENT

मोरङ– उर्लाबारी नगरपालिकाले पालिका क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरेको छ । गत भदौ ३१ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार सिसिटिभी क्यामेरा जडान गरेको हो । 

नगरपालिका क्षेत्रमा सवारी चापका कारण बढ्दै गइरहेको दुर्घटनाको न्यूनीकरण र आपराधिक गतिविधि नियन्त्रणका लागि सिसिटिभी क्यामेरा जडान गरिएको नगरपालिकाका प्रमुख गंगा प्रसाद खरेलले बताए । उनको अनुसार नयाँ मंगलबारे सुनझोडा खोलाको पुल पूर्वतर्फ, बरगाछी चौक, नयाँ बसपार्क, बक्राहा खोला पुल पूर्वतर्फ र राधिका मावि उत्तर उर्लाबारी–मधुमल्ला रोडमा सिसिटिभी जडान गरिरहेको छ । 

मुख्य सडक क्षेत्रमा जडान गरिए पनि सबै क्षेत्रमा सिसिटिभी जडान गर्न नसकिएको उनले बताए । उर्लाबारी, आइतबारे, मंगलबारे, दुर्गा पुरी जस्ता मुख्य बजार क्षेत्रमा पनि सिसिटिभी क्यामेरा जडान गर्ने योजना रहेको उनले पालिकाखबरसँग बताए । उनले भने, ‘सबै क्षेत्रमा सिसिटिभी जडान गर्ने योजना त छ तर बजेट कम छ ।’

अव्यवस्थित केबल तार व्यवस्थापनको काम सुरु गरेको छ । उर्लाबारी बजारको सौन्दर्यीकरण ह्रास ल्याएको, आवतजावतमा जोखिम र दुर्घटना समेत निम्त्याएका भन्दै नगरपालिकाले गत असोज १ गतेदेखि अव्यवस्थित तार हटाउन थालेको हो । नगरपालिका, विद्युत प्राधिकरण, नेपाल टेलिकम तथा सेवा प्रदायकको समन्वयमा अव्यवस्थित तार हटाउने क्रम जारी राखेको छ । नगरप्रमुख खरेलले भने, ‘अव्यवस्थित तार काट्न थालिएको छ तर तारको व्यवस्थापन भइसकेको छैन ।’