close

शिवसताक्षीमा ‘ट्रस ब्रिज’ निर्माण

शिवसताक्षीमा ‘ट्रस ब्रिज’ निर्माण

Trulli
ADVERTISEMENT

झापा- शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो । यो ट्रस ब्रिज ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो ।

सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत २८ लाख ६९ हजार ४९०, शिवसताक्षी नगरपालिकाको चार  लाख ३८ हजार ८६३ र जनसहभागिता ६७ हजार ५१७ रहेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । चौबिस मिटर लामो ट्रस  ब्रिज निर्माणमा प्राविधिक सहयोग सहारा नेपालले प्रदान गरेको उनले बताए । ट्रस ब्रिज निर्माणपश्चात् दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा गरिएको उनले बताए । 

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको दोमुखामा पर्यटक लक्ष्यित सडकलगायत पूर्वाधार निर्माण भइरहेका छन् । यहाँ नगरपालिकासँगै प्रदेश र सङ्घीय सरकारले पुल,सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा लगानी गरेका छन् ।