close

सिसी क्यामेरा जडान र सडक बिस्तार तीव्र

सिसी क्यामेरा जडान र सडक बिस्तार तीव्र

Trulli
ADVERTISEMENT

डडेलधुरा- परशुराम नगरपालिका व्यवस्थित बनिरहेको छ । सडक विस्तारसँगै भित्री मधेसको सदरमुकामसमेत रहेको पर्शुराम नगरपालिकाको लालढुङ्गा बजारलाई सौन्दर्य र व्यवस्थापन गरी व्यवस्थित सहर बनाउन लागिएको हो । 

व्यवस्थित परशुराम अभियानका साथ लालढुङ्गा बजार विस्तार तथा सौन्दर्यकरण गर्न थालिएपछि भित्रीमधेस क्षेत्रको आकर्षण र महत्व रहेको  नगरपालिका व्यवस्थित सहर बनिरहेको हो । परशुराम नगरपालिका व्यवस्थित तथा सुन्दर बनाउने अभियानअन्तर्गत सडक विस्तार र कालोपत्र, ढल निकास, सडक सञ्जालीकरण, सिसी क्यामेरा जडान, पैदलमार्ग निर्माण, सडकबत्ती जडानलगायत सहर सौन्दर्यकरण गर्न थालिएको परशुरामका नगरप्रमुख भरत जोशीले जानकारी दिए । 

डडेल्धुरा जिल्लाको भित्रीमधेसमा रहेको जिल्लाकै ठूलो नगरपालिका परशुरामले व्यवस्थित तथा सुन्दर पालिका बनाउने अभियानअन्तर्गत पहिलो चरणमा पालिका सदरमुकाम लालढुङ्गा बजारमा सडक विस्तारको कार्य अघि बढाएको छ । 

पालिकाले सौन्दर्य र आकर्षक सडक बनाउन पहल सुरु गरी व्यवस्थित पालिका बनाउने अभियानका लागि सहरी विकास आयोजनाअन्तर्गत करिब ४० करोडको ठेक्का पारित गराई सडक चौडा बनाउन सुरु भएको छ । सो ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पनि समयमै तोकिएको गुणस्तरमा काम सम्पन्न गर्नेगरी योजनाबद्धरुपमा कामको सुरुवात गरेको नगरप्रमुख जोशीले जानकारी दिए । 

सडकबत्ती, सिसी क्यामरा जडान, बगैँचा र उद्यान, फूलबारी निर्माण, पैदलमार्ग निर्माण, अन्य धार्मिक गन्तव्यसँग जोड्ने काम पनि व्यवस्थित गरिने नगरपालिकाले जनाएको छ ।