close

साइकल लेन निर्माण गर्दै तिलोत्तमा

साइकल लेन निर्माण गर्दै तिलोत्तमा

Trulli
फाइल तस्वीर
ADVERTISEMENT

रुपन्देही- तिलोत्तमा नगरपालिकाले साइकल लेन निर्माण गर्न लागेकाे छ । साइकल यात्रीको सहजता तथा सुरक्षाको लागि  नगरपालिकाले साइकल लेन निर्माण गरेकाे हाे ।

नगरपालिकाका अनुसार पालिकाले  सर्भिस लेनभित्र ‘साइकल लेन’ निर्माण गरेको हो । लेन निर्माणको लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

नगरपालिकाका इन्जिनियर युवराज पन्थीका अनुसार साइकल लेनको लागि पेन्टिङ गरिदै आएको छ । सुरुमा योगीकुटीदेखि भलबारीचोकसम्म निर्माण हुने छ । करिब एक महिनाभित्र सो लेन निर्माण कार्य सकिने उनले सुनाए ।