close

मोटरेवल पुल निर्माण हुँदाको खुसी‍‍...

मोटरेवल पुल निर्माण हुँदाको खुसी‍‍...

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - पाथीभरा याङवरक गाउँपालिकाको फावाखोलामा मोटरेबल पुल निर्माण भएसँगै स्थानीय वारपार गर्न सहज भएको छ । फावाखोलामा मोटरेवल पुल निर्माण भएपछि गाउँपालिकाको तीन वटा वडा तथा छिमेकी पालिकाको स्थानीय बासिन्दालाई सहज भएको हो । 

गाउँपालिकाको सो क्षेत्रमा पुल नहुँदा स्थानीय बासिन्दा लामो दुरी तथा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए । पुल निर्माण भएपछि सिरिजंगा गाउँपालिकाका स्थानीय र स्थानीय बासिन्दालाई वारपार गर्न सहज भएको पालिकाका अध्यक्ष केशबकुमार सुब्बाले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकाले र प्रदेश सरकारको संयुक्त लगानीमा ४० मिटर लम्बाइ र ११ मिटर चौडाइको मोटरेवल पुल निर्माण गरेको उनको भनाइ छ । चार करोड २९ लाख रुपैयाँ लागतमा निर्मित सो पुल उद्घाटन फागुन ३ गते भएको उनले सुनाए । 

गाउँपालिका अध्यक्ष सुब्बा र प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूले संयुक्त रुपमा पुलको उद्घाटन गरेका थिए ।