close

दुई किलोमिटर पक्की नाली निर्माण गर्दै रोङ

दुई किलोमिटर पक्की नाली निर्माण गर्दै रोङ

Trulli
ADVERTISEMENT

इलाम - रोङ गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई किलोमिटरभन्दा बढी पक्की नाली निर्माण गर्ने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत दुई हजार २२० मिटर पक्की नाली निर्माण गर्न लागेको हो । 

गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा २६१ मिटर,  २ मा ६९३ मिटर, ३ मा १३५ मिटर, ४ मा १५१ मिटर, ५ मा ५०५ मिटर र ६ मा ४७५ मिटर गरी सो पक्की नाली निर्माण गर्न लागेको हो । सोका लागि कार्यक्रममा सहभागी हुने दक्ष जनशक्तिलाई बुधबार अभिमुखीकरण गरेको उनले पालिकाखबरलाई सुनाए । 

दिगो विकासको लागि सुब्यवस्थित ढंगले निर्माण कार्य अघि बढाउनका लागि अभिमुखीकरण गरिएको उनको भनाइ छ । गाउँपालिकाले गत वर्ष पनि सो प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडा नम्बर ५ मा १७५  मिटर र रोङ वडा न २ मा ३९१ मिटर गरी ५६४  पक्की नाली निर्माण गरेको उनले सुनाए । सो नाली प्रभावकारी भएकोले चालु आवमा पनि पुन थप नाली निर्माण गर्न लागेको उनको भनाइ छ ।