close

आङ सान सुकीलाई चार वर्षको जेल सजाय

आङ सान सुकीलाई चार वर्षको जेल सजाय

Trulli
ADVERTISEMENT

काठमाडौं– म्यानमारकी प्रजातन्त्रवादी नेता तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई सैनिक सरकारको अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।


समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका हुन् । सोमबार एक अदालतले सुकीलाई सेनाविरुद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।


सेनाले उनीमाथि भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायतका आरोप लगाएको छ । सुकीमाथि लागेका सबै अभियोगमा अदालतले उनलाई दोषी ठहर्‍याए उनले आजीवन काराबासको सजाय पाउनेछन् ।


गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्दकोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो ।


सैनिक कु हुनु केही महिनाअघि गत वर्षको नोभेम्बरमा भएको आमनिर्वाचनमा धाँधली भएको भन्दै सेनाले प्रजातान्त्रिक सरकार बर्खास्त गरी शासन आप्mनो नियन्त्रणमा लिएको थियो । उक्त चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो ।


सेनाले कु गरेपछि प्रजातन्त्र वहालीको माग राख्दै म्यानमारमा दिनहुँ प्रदर्शन भइरहेका छन् । प्रदर्शनका क्रममा सेनाको दमनमा परी हालसम्म १३ सय बढी नागरिकले ज्यान गुमाइसकेका छन् । अदालतको निर्णयपछि विश्व समुदायले निन्दा गरेको छ ।