close

भारतमा एकैदिनमा थपिए ३ लाख ३३ हजार कोरोना सङ्क्रमित

भारतमा एकैदिनमा थपिए ३ लाख ३३ हजार कोरोना सङ्क्रमित

Trulli
ADVERTISEMENT

नयाँ दिल्ली– भारतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका  थप ३ लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन् । यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल सङ्क्रमितको संख्या ३ करोड ९२ लाख ३७ हजार २६४ रहेको जनाइएको छ  । 

 

 भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको  छ ।   सो मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय सङ्क्रमित अवस्था २१ लाख ८७ हजार २०५ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट दुई लाख ५९ हजार १६८ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ६५ लाख ६० हजार ६५० पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.१८ प्रतिशत रहेको जनाइएको छ ।


 
पछिल्लो एक दिनमा ५२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८९ हजार ४०९ रहेको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७१ करोड ५५ लाख २० हजार भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६१ करोड ९२ लाख  ८४ हजार भन्दा बढीले कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।