close

रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन

रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन

Trulli
ADVERTISEMENT

काठमाडौं– रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन भएको छ । पश्चिमी देशहरुले युक्रेनमाथि धाबा बोलेपछि रुसलाई विभिन्न आर्थिक नाकाबन्दी लगाएपछि सो मुद्राको मूल्यमा गिरावट आएको हो ।

 

केही मुलुकका बैंकहरुलाई स्विफ्ट अन्तराष्ट्रिय पेमेन्ट व्यवस्था प्रयोग गर्न प्रतिबन्ध लगाएपछि रुबलको अवमूल्यन भएको छ । आइतबार रुसको केन्द्रीय बैंकले सबैमा शान्त रहन अपिल गरेको छ ।

 

युरोपेली संघ, अमेरिका र उसको न्याटो गठबन्धनले रुसलाई आर्थिक रुपमा एक्लाउन विभिन्न प्रकारले आर्थिक नाकाबन्दी लगाएका छन् । विदेशमा रहेका आर्थिक सञ्चितमा पहुँच नपुगोस् भनेर रुसको केन्द्रीय बैंकका सम्पत्तिहरुलाई फ्रिज हुनसक्ने समाचार बीबीसीले जनाएको छ ।