close

उत्तर कोरियालाई गोप्य सूचना उपलब्ध गराएको आरोपमा दुई दक्षिण कोरियाली पक्राउ

उत्तर कोरियालाई गोप्य सूचना उपलब्ध गराएको आरोपमा दुई दक्षिण कोरियाली पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । दक्षिण कोरियाली प्रहरीले गोप्य सैन्य सूचना उत्तर कोरियाली गुप्तचरलाई उपलब्ध गराएको आरोपमा दुई दक्षिण कोरियाली नागरिकलाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा एक सैन्य अधिकारी र अर्का क्रिप्टोकरेन्सी सटहीका प्रमुख कार्यकारी प्रमुख हुन् ।

 

उनीहरूमाथि दक्षिण कोरियाली संयुक्त सैन्य कमान्डको ‘लग इन’ विवरण चुहाएर ठूलो रकम लिएको आरोप छ ।

 

क्यामराजडित घडी र यूएसबी उपकरणको सहायतामा विदेशी जासुसलाई सैन्य सूचना उपलब्ध गराइएको आशंका गरिएको छ । यद्यपि उनीहरुको विवरण पूरा खुलाइएको छैन ।

 

सन् १९५० देखि १९५३ सम्म चलेको युद्धपछि कोरिया उत्तर र दक्षिण गरी दुई देशमा विभाजन भएको थियो । बिबिसी