close

श्रीलंका संकट : कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंका संकट : कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

Trulli
ADVERTISEMENT

काठमाडौं । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ। इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामा माग गरिरहेका छन्।

 

सोमबार गोटाबायका दाइ महिन्दा राजपाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन। 

 

सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ गर्ने जो कोहीलाई गोली चलाउन आदेश दिएको छ। राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न दशौं हजार सेना, नौ सेना र वायु सेनाका कर्मचारीहरू तैनाथ छन्।

 

सोमबारदेखि भएको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ। झडपमा दुई सयभन्दा बढी घाइते भएका  छन् ।