close

युक्रेन युद्धका लागि रुसले लामो तयारी गरेको अमेरिकी गुप्तचरको दाबी

युक्रेन युद्धका लागि रुसले लामो तयारी गरेको अमेरिकी गुप्तचरको दाबी

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकी गुप्तचर अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारी गरिरहेको बताएका छन् । 

 

रुसले पूर्वीयुक्रेनी भू–भाग कब्जा गर्न खोजिरहेको, र त्यहाँ लडाइँ जारी रहेका बेला उनीहरूको यस्तो बताएका छन् ।

 

पुटिनले पूर्वी युक्रेनमा जित हासिल गरे भने पनि त्यहाँ द्वन्द्व अन्त्य हुने सम्भावना नरहेको उनीहरूको दाबी छ । 

 

युक्रेनले उसको राजधानी किएभ कब्जा गर्ने रुसी प्रयासको प्रतिरोध गरेपछि मस्कोले डोनबास क्षेत्रतर्फ आफ्ना सेनालाई पुनः केन्द्रित गरेको छ ।

यस्तै,गुप्तचर संयन्त्रका राष्ट्रिय निर्देश  क ए भ्रिल हेन्सले मंगलबार अमेरिकी सिनेटको एउटा समितिमा भएको सुनुवाइका क्रममा त्यस्तो विवरण दिएकी हुन् । 

उनले पुटिनले डोनबास क्षेत्रभन्दा बाहिरका लक्ष्य हासिल गर्न चाहेको, तर आफ्नो महत्त्वाकांक्षा र वर्तमान रुसी परम्परागत सैन्य क्षमताबीच बेमेल सामना गरिरहेको बताइन् ।

 

उनको भनाइ अनुसार रुसी राष्ट्रपतिले युक्रेनमा इयू र अमेरिकाले दिइरहेको सहयोगको सम्भवतः मूल्यांकन गरिरहेको बताएकी छन् ।

यद्यपि रुसी राष्ट्रपतिले थप कठोर माध्यम प्रयोग गर्नसक्ने उनको भनाइ छ ।