close

नयाँ दिल्लीमा भिषण आगलागी, २७ जनाको मृत्यु

नयाँ दिल्लीमा भिषण आगलागी, २७ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  १२ जना  घाइते भएका छन्। एक भवनमा आगलागी हुँदा त्यहाँ रहेकाहरूले ज्यान गुमाएका हुन् ।


राजधानीको पश्चिममा रहेको मुण्डका  मेट्रो स्टेसन नजिकै आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आगलागी हुँदा ७० भन्दा बढी मानिस भवनमा रहेको बताइएको छ। प्रहरीले झ्यालका सिसा फोडेर मानिसको उद्धार गरेको थियो।  

 

आगो नियन्त्रणमा आएपछि उद्धार कार्य जारी रहेको बताइएको छ। घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ।