close

युक्रेनमा शान्ति स्थापना बारे छलफल

युक्रेनमा शान्ति स्थापना बारे छलफल

Trulli
ADVERTISEMENT

काठमाडौं ।  युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानका बीचमा सोमबार फोनवार्ता भएको छ । 


युक्रेनका राष्ट्रपति जेलिन्स्किीले दिएको जानकारीअनुसार उनीहरूका बीचमा सम्पन्न सो फोनवार्ताका क्रममा युक्रेनमा शान्ति स्थापनाको आवश्यकतामा सहमति भएको राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले बताए । 


उनले आफूले सोमबार टर्कीस् राष्ट्रपति एर्डोगानसँग वार्ता गरेको र उनी युक्रेनमा शान्ति स्थापनाका लागि तयार रहेको जानकारी दिए । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले सोमबार ट्वीटमार्फत् दिएको जानकारीअनुसार टर्कीस् राष्ट्रपति एर्डोगानले युक्रेनमा शान्तिको स्थापना हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक मात्रामा टर्कीले सघाउने कुरा गरेको बताएका थिए । 


राष्ट्रपति जेलिन्स्किीले टर्कीको यो सहयोग र सदासयताको सराहना गर्नुपर्ने पनि सो ट्वीट्मा उल्लेख गरेका छन् । रुसले युक्रेनमा सैन्य कारबाही गरिरहेको छ । यसबाट युक्रेनको आर्थिक अवस्था संकटपूर्ण बन्दै गएको बताइएको छ ।