close

सुनखानीमा भएको झडपमा १०० जनाको मृत्यु

सुनखानीमा भएको झडपमा १०० जनाको मृत्यु

Trulli
ADVERTISEMENT

अफ्रिकी मुलुक चडको उत्तरी क्षेत्रमा अवैध सुनखानीमा कामदारबीच भिडन्त हुँदा १०० जनाले ज्यान गुमाएका छन् । 

 

घटनामा अन्य ४० जना घाइते भएको बीबीसीले जनाएको छ। रक्षामन्त्री दाउद याया ब्राहिमले दुईजना व्यक्तिबीचको सामान्य विवादबाट सुरु भएको झगडाले नरसंहारको रुप लिएको बताएका छन् ।​ लिबियाको सीमासँग जोडिएको कोउरी बोउगोउदी जिल्लाको पहाडी क्षेत्रमा चड र अन्य छिमेकी मुलुकमा मानिस सुन खोज्न जाने गर्छन्।

 

यो हिंसात्मक घटना गत साता घटेको भएपनि सोमबार मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो । केहि समूहले मृतकको संख्या सरकारले सार्वजनिक गरेको भन्दा बढी हुनुपर्ने बताउँदै हिंसाका लागि सुरक्षाकर्मीलाई दोष दिएका छन् ।