close

द्वन्द्वग्रस्त खार्किभ क्षेत्रमा युक्रेनी राष्ट्रपति जेलेन्स्की 

द्वन्द्वग्रस्त खार्किभ क्षेत्रमा युक्रेनी राष्ट्रपति जेलेन्स्की 

Trulli
ADVERTISEMENT

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की द्वन्द्वग्रस्त खार्किभ क्षेत्र पुगी त्यहाँ तैनाथ सैनिकहरुसँग भेट गरेका छन् । 
 

 

बुलेट प्रुफ भेस्ट लगाएर खार्किभ सहर पुगेका उनले भग्नावशेष अवलोकन गरेका थिए । जुन तस्वीर सामिजक सञ्जालमा सार्वजनिक  भएका थिए । 

 

भ्रमणका क्रममा उनले सैनिकहरुलाई सेवाका लागि धन्यवाद दिएका थिए । 

 

त्यस्तै उनले सहरको सुरक्षा नगरेको आरोपमा स्थानीय सुरक्षा प्रमुखलाई पदबाट बर्खास्त गरेका छन् । 

 

फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता किएभबाहिर यो उनको पहिलो भ्रमण हो।