close

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा २१ जनाको हत्या

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा २१ जनाको हत्या

Trulli
ADVERTISEMENT

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्दा १८ जना बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिक्षक पनि छन् । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय साल्भाडोर रामोस नाम गरेको बन्दुकधारीले हमला गर्दा उनीहरूको मृत्यु भएको राज्यका गभर्नरले जानकारी दिएका छन् । 

 

पछिल्लो हमला  वर्षौंपछि  देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् ।

 

आक्रमणकारीको पनि मृत्यु भएको छ । कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ । राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।