close

अमेरिकी रक्षामन्त्रीले चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने

अमेरिकी रक्षामन्त्रीले चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने

Trulli
ADVERTISEMENT

अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आगामी हप्ता रक्षामन्त्री स्तरीय शिखर सम्मेलनका लागि सिंगापुर यात्राको समयमा पहिलो पटक आफ्ना चिनियाँ समकक्षीलाई भेट्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यम (सीएनएन) ले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै शनिबार समाचारमा उल्लेख गरेको छ ।

रक्षा अधिकारीले भने, “अस्टिन र चीनका राष्ट्रिय रक्षा मन्त्री जनरल वेइ फेन्घेबीचको भेटवार्ताको मिति र समय तय भने अहिलेसम्म भएको छैन ।” 

अस्टिनले आगामी शनिबार (जून ११) मा साङ्ग्रिला संवाद नाम दिइएको रक्षामन्त्री स्तरीय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

सिएनएनले रिपोर्ट गरेअनुसार अप्रिल २० मा अस्टिन र वेइले करिब ४५ मिनेट टेलिफोन सम्वाद गरेका थिए ।
 
यो अमेरिकी रक्षामन्त्रीको एक बर्षभन्दा पहिले डोनाल्ड ट्रम्प राष्ट्रपति रहेको समयदेखि संवादहीन दुई विदेशमन्त्रीबीचको संवादहीनताको अवस्थालाई तोड्दै आफ्ना चिनियाँ समकक्षीसँग सम्बन्ध सुधारका लागि पहल थाल्ने सङ्केत हो । 

पेन्टागन स्रोतले भने चिनियाँ समकक्षीसँगको वार्ताबारे कुनै कार्यक्रम तय भइनसकेको जनाएको छ । 

यस हप्ताको सुरुतिर अमेरिकी संसदीय प्रतिनिधिमण्डल ताइवान भ्रमण गर्दा वासिङ्टन र बेइजिङबीचको तनावग्रस्त सम्बन्धले थप चर्चा पाएको थियो ।