close

उत्तराखण्डमा तिर्थयात्री चढेको बस दुर्घटना, २६ को मृत्यु

उत्तराखण्डमा तिर्थयात्री चढेको बस दुर्घटना, २६ को मृत्यु

Trulli
ADVERTISEMENT

भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।

बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टी गरेका छन् ।

यूके-०४-१५४१ नम्बरको बस आइतबार साँझ सडकबाट ४०० फिट गहिरो खाडलमा खसेको थियो ।

दुर्घटना लगत्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार रातिनै देहरादून पुगेका थिए । उनले घटनाका बारेमा जानकारी लिनुका साथै उद्धार कार्यबारे छलफल गरे । 

उत्तराखण्डको दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको थियो । घाइतेहरुलाई थप उपचारका लागि देहरादून पठाइएको छ ।

उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन् । 

यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीले पनि मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन् ।