close

आक्रमण थप विस्तार गर्ने पुटिनको चेतावनी

आक्रमण थप विस्तार गर्ने पुटिनको चेतावनी

Trulli
ADVERTISEMENT

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण थप विस्तार गर्नसक्ने बताएका छन् । 

पश्चिमा देशहरूले युक्रेनलाई लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्रहरू पठाए आफूले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने पुटिनले बताएका हुन् ।

युक्रेनको राजधानी किभमा हप्तौँपछि भएको पहिलो हवाई हमलामा आइतबार केही भागमा विस्फोट गराइएका बेला पुटिनले यस्तो चेतावनी दिएका हुन् ।

रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको बताएको छ । तर युक्रेनले रुसले रेलवे मर्मत केन्द्रमा आक्रमण गरेको जनाएको छ ।

युद्धकै अर्को घटनामा डोन्बास क्षेत्रको लडाइँमा एक रूसी जनरलको मृत्यु भएको बिबिसीले बताएको छ ।

रुसले मार्चको अन्त्यमा किभ क्षेत्रबाट फिर्ता गरेर आफ्ना सैनिकहरूलाई डोन्बास क्षेत्रमा पुनः केन्द्रित गरेको थियो ।

रुसले पूर्वी क्षेत्रको सयौँ किलोमिटर आफ्नो नियन्त्रणमा लिइरहेका बेला कैयौँ पश्चिमा देशले किभमा थप शक्तिशाली र विकसित खालका अस्त्र पठाउने बताएका छन् ।