close

नेपालमा चीनले अनावश्यक बखेडा निकालेको अमेरिकी विदेशमन्त्री लुको आरोप

नेपालमा चीनले अनावश्यक बखेडा निकालेको अमेरिकी विदेशमन्त्री लुको आरोप

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डानाल्ड लुले नेपालको उत्तरी छिमेकी चीनले एसपिपीलाई लिएर नेपालमा अनावश्यक प्रोपगाण्डा मच्चाएको आरोप लगाएका छन् ।

टेक्सास राज्यको डल्लासमा नेपाली समुदायका सीमित व्यक्तिहरुसँगको अन्तरक्रियामा बोल्दै लुले चीनमाथि सो आरोप लगाएका हुन् । 

एसपिपी नेपाली सेनालाई सघाउने कार्यक्रम मात्रै भएको बताउँदै उनले एमसिसी र एसपिपीबीच कुनै सम्बन्ध नरहेको बताए । 

यस्तै, उनले चीनले यसअघि एमसिसीमा पनि यस्तै बखेडा निकालेको आरोप लगाए ।