close

भारतमा हिंसात्मक प्रदर्शन: एकको मृत्यु, बिहारमा इन्टरनेट बन्द

भारतमा हिंसात्मक प्रदर्शन: एकको मृत्यु, बिहारमा इन्टरनेट बन्द

Trulli
ADVERTISEMENT

सेना भर्तीसँग सम्बन्धित अग्निपथ योजनाको विरोधमा भारतभर हिंसात्मक प्रदर्शन भएको छ । उत्तर प्रदेश, बिहार, हरियाणा, हिमाचल, उत्तराखण्ड र राजस्थानमा ठूला विरोध प्रदर्शन भएका छन् ।

बिहार र उत्तर प्रदेशमा विरोध प्रदर्शनले उग्र रुप लिएको छ । तीव्र विरोधका बीच राज्य सरकारले अर्को निर्णय गरेको छ ।

सरकारले धेरै जिल्लामा इन्टरनेट, फोन, मोबाइल सेवा बन्द गरेको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ ।

बिहारका जिल्लाहरूमा इन्टरनेट र टेलिकम सेवा आगामी ४८ घण्टाका लागि बन्द रहने छन् जसमा कैमुर, भोजपुर, औरंगाबाद, रोहतास, बक्सर, नवादा, पश्चिम चम्पारण, समस्तीपुर, लखीसराय, बेगुसराय, वैशाली र सारण समावेश छन् । बिहारको गृह विभागले यो आदेश जारी गरेको हो ।

यी जिल्लाहरुमा असार १७ देखि जेठ १९ गते दिउँसो २ बजेसम्म इन्टरनेट सेवा बन्द रहनेछ । सरकारले बिहारका धेरै जिल्लामा इन्टरनेट र टेलिफोन, मोबाइल सेवा एकैसाथ बन्द गर्ने निर्णय गरेको यो पहिलो पटक हो । 

सरकारको यो निर्णयअनुसार १२ जिल्लामा दुई दिनका लागि इन्टरनेट, टेलिफोन, मोबाइललगायतका सामाजिक सञ्जालका धेरै प्लेटफर्म एकैपटक बन्द गरिएको छ ।

अग्निपथ योजनाको विरोधमा त्यहाँका विभिन्न राज्यमा रेल तथा बसमा आगजनी गरिएको छ । तेलंगानामा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।