close

रुसमाथिको प्रतिबन्ध विफल भएको पुटिनको दाबी

रुसमाथिको प्रतिबन्ध विफल भएको पुटिनको दाबी

Trulli
ADVERTISEMENT

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफे देशमा पश्चिमा देशहरुले लगाएको प्रतिबन्ध विफल भएको दाबी गरेका छन् ।

सेन्ट पिटर्सबर्गमा इन्टरनेसनल इकोनोमिक फोरममा बोल्दै राष्ट्रपति पुटिनले यस्तो दाबी गरेका हुन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिम देशहरुले मस्कोमाथि लगाएको प्रतिबन्ध ‘पागल र विचार हीन’ भएको पुटिनको टिप्पणी छ ।

पुटिनले भने, ‘रुस विरुद्धको आर्थिक प्रतिबन्ध सुरुदेखि नै सफल हुने कुनै सम्भावना नै थिएन ।’

रुसमाथिको प्रतिबन्ध लगाउनेका लागि ‘अधिक हानिकारक’ भएको उनले बताए । पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्रको रक्षा गर्न खोजिरहेका छन् ।

पुटिनले 'रुसमाथिको प्रतिबन्धका कारण युरोपेली युनियन (इयू)ले ४०० अर्ब डलरभन्दा बढी गुमाउन सक्ने' दाबी गरेको बिबिसीले उल्लेख गरेको छ ।

गत फेब्रुअरी २४ देखि रुसी सेनाले युक्रेनमा हमला गरिरहेको छ ।