close

३५० भ्यागुताको सामूहिक चिहान फेला

३५० भ्यागुताको सामूहिक चिहान फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । यूकेमा एउटा पुरातात्त्विक स्थलनजिकै नयाँ बाटो खन्ने क्रममा भ्यागुताका ८,००० वटाभन्दा बढी प्राचीन हाडखोड भेटिएपछि विज्ञहरू अचम्ममा परेका छन्।

केम्ब्रिजनजिकै लौहयुगीन एउटा गोलघरको छेउमा फेला परेको एउटा खाल्डोमा झन्डै ३५० वटा भ्यागुताका अवशेषहरू थिए।

लन्डन पुरातत्त्वातिक सङ्ग्रहालय (मोला) मा कार्यरत वैज्ञानिकहरूले "अवशेषहरू त्यति परिमाणमा एउटै ठाउँमा" फेला पर्नु "असामान्य" भएको बताएका छन्।

उनीहरूलाई ती हड्डीहरू कसरी त्यहाँ थुप्रिए भन्ने थाहा हुन सकेको छैन।

लौहयुगको मध्यम र अन्तिम चरणमा प्रयोगमा रहेको एक गोलघरको पश्चिमपट्टि अवस्थित एक १४ मिटर लामो खाल्डोमा अधिकांश हड्डीहरू फेला परेका थिए।

सङ्ग्रहालयका विज्ञहरूका अनुसार उक्त क्षेत्रमा रहेका अरू पुरातात्त्विक स्थलमा भ्यागुताजस्ता उभयचरका निकै कम अवशेष फेला पर्ने गरेको छ।

मोलाका अनुसार पुरातात्त्विक अध्ययन गरिने क्षेत्रमा भ्यागुताको हड्डी नभेटिने हैन तर अहिले भेटिएको परिमाण असाधारण छ।

यो "आश्चर्यजनक र अनौठो खोजले मोलाका प्राणीपुरातत्त्वशास्त्रीहरूलाई जासुसी अनुसन्धान गर्न अग्रसर" गराएको मोलाको भनाइ छ।

अहिलेसम्म ती हड्डीका थुप्रोबारे केही अनुमानहरू गरिएका छन्।

हड्डीमा पोलेको, काटेको वा टोकेको कुनै सङ्केत छैन। त्यसैले मानिस वा अन्य प्राणी वा चराले ती भ्यागुता खाएर हड्डी फालेको सम्भावना न्यून छ।

उक्त स्थाननजिकै खाद्यान्न प्रशोधन गर्ने गरिएको प्रमाण फेला परेको छ। त्यसैले विभिन्न खालका खबटे र लाईकीरा खान भ्यागुता गएको अनुमान छ। बिबिसी