close

भारतमा उड्ने बित्तिकै विमानमा आगलागी, सकुशल अवतरणमा

भारतमा उड्ने बित्तिकै विमानमा आगलागी, सकुशल अवतरणमा

Trulli
ADVERTISEMENT

पटना (बिहार) । बिहारको राजधानी पटनाबाट दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आगलागी भएपछि आकस्मिक अवतरण गरिएको छ । विमानमा उडान भर्ने क्रममा नै आगलागी तथा लगत्तै आपत्कालीन अवतरण गराइएको भारतीय समाचार एजेन्सीले जनाएका छन् ।

पटना विमानस्थलका अधिकारीहरूका अनुसार विमानका सबै यात्रु सुरक्षित छन्। प्रत्यक्षदर्शीका अनुसार विमानको बायाँ पङ्खामा आगो लागेको थियो । जसलाई जमिनमा रहेकाहरूले समेत प्रस्ट देखेका थिए ।

स्पाइस जेटको बोइङ ७२७ विमानमा प्राविधिक समस्याको कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यस विषयमा अहिले अनुसन्धान भइरहेको छ । विमानमा १८५ जना सवार थिए ।